काबुलको चिनियाँ व्यापारीहरू भेला हुने गेस्ट हाउस नजिक विस्फोट

२६ मंसिर, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटल नजिक सोमवार बम विस्फोटको ठूलो आवाज सुनिएको छ । 

चिनियाँ व्यापारीहरू प्रायः भेला हुने उक्त गेस्ट हाउस नजिक गोली चलेको आवाज पनि सुनिएको छ ।

frontline

तालिबानले पोहोर साल अफगानिस्तानको सत्ता हातमा लिएपछि राष्ट्रिय सुरक्षामा सुधार ल्याएको भने पनि बम विस्फोट तथा आक्रमणहरू नियमित रूपमा हुने गरेका छन् । 

धेरैजसो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान प्रभिन्सले लिने गरेको छ । 

तालिबानले शासन चलाउन थालेपछि चिनियाँ व्यापारीहरू बाक्लै गरी काबुल आउन थालेका छन् । काबुल लोंगान होटल उनीहरूको लोकप्रिय गन्तव्य हो । 

पाकिस्तानमा रहेको एक तालिबान स्रोतले एएफपीलाई होटलमा अनेकौं आक्रमणकारीहरू प्रवेश गरेको जानकारी दियो । 

आक्रमणकारीहरूका विरुद्ध कारवाही थालिएको र गोली हानाहान भइरहेको पनि उसले बतायो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here