कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

१५ भदौ, काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन् ।

माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालावन्दी गर्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन् ।

frontline

उनीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग रहेका छन् ।

तर मागको सुनुवाई हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनु परेको संघर्षरत कर्मचारीहरुहरुका अगुवा शम्सेर नेपालीले बताए ।

कर्मचारीहरुले आफ्ना मागहरुमा सेवा सुविधा र व्यवस्थापनको कुरालाई बढी जोड दिएका छन् । यस्तै नेतृत्व तहबाट आर्थिक अनियमिता भएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here