कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सम्पन्न

श्रोत : ईन्टरनेट

काठमाडौँ । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।

frontline

कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।

उहाँलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो ।

कानूनविद् दाहालका दाजुले रासससँग कुरा गर्दै भन्नुभयो, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।”    (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here