काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा

१५ साउन, काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र  ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।

frontline

ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को ‘रेड जोन’मा परेका छन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार १४७ पुगेको छ ।

आज देशभरका ४७ जिल्लामा संक्रमित थपिएका छन् । आज देशभर रहेका चार हजार ५६७ जना सक्रिय संक्रमितमध्ये चार हजार ४२४ जना होम आइसोलेसनमा र १४३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here