काठमाडौं महानगरले दुई वटा स्वास्थ्य संस्थाको फोहोर नउठाउने

काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरले नयाँ बानेश्वरस्थित एएसजी आई केयर र नेपाल स्किन हस्पिटलको फोहोर नउठाउने जानकारी दिएको छ ।

आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानिकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको र सामान्य फोहोरसँगै पठाउने गरेको पाइएकोले त्यहाँको फोहोर उठाउन रोकिएको महानगरले जनाएको छ ।

frontline

त्यस्तै, ती स्वास्थ्य संस्थामा रंग संकेतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्टबिन पनि नभेटिएको महानगरको वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताइन् ।

उनले भनिन्,‘मात्रा जति भएपनि संक्रमित फोहोर हानिकारक नै हुन्छ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन कुनै पनि उपाय अवलम्बन गरेको देखिएन । यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहोर उठाउन रोक लगाइएको छ ।’

महानगरले सोमबारदेखि स्वास्थ्य संस्थाहरुमा अनुगमन शुरु गरेको छ । सोमबारगरिएको अनुगमनका क्रममा फोहोरमैला व्यवस्थापनको मापदण्ड पालना नगरेको पाइएपछि महानगरले कंलकीमा रहेको नेपाल नेसनल हस्पिटलको फोहोर उठाउन रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here