काठमाडौं महानगरपालिकाले आइतबारदेखी स्वाब संकलन गर्ने

काठमाडौं महानगरपालिकाले आइतबारदेखी स्वाब संकलन गर्नका लागि मोबाइल भ्यान संचालनमा ल्याउने भएको छ ।

जनतामा स्वास्थ्यको पहुँच पु¥याउन मोबाइल भ्यान संचालनमा ल्याउन लागेको महानगरपालिकाले जनाएको छ । सरकारले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेसँगै महानगरपालिकाले

frontline

जनतामा स्वास्थ्यको पहुँच पु¥याउन मोबाइल भ्यान संचालनमा ल्याउन लागेको हो।

संक्रमितले परीक्षण गर्न अस्पताल, एम्बुलेन्स नपाउने समस्याको समाधानका निम्ति सो भ्यान ल्याउने तयारी भएको काठमाडौं महानगरपालिका जनस्वाथ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले तयार गरेको उपकरणजडित मोबाइल भ्यानले स्वाब संकलन गर्ने व्यवस्था गरेको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका अशक्त, वृद्धवृद्धा बिरामीलाई मोबाइल भ्यानबाट स्वाब लिइने व्यवस्था गरिनेछ ।

भ्यानमा स्वाब संकलन गर्न केही स्वाथ्यकर्मी रहनेछन् । उनीहरूले भ्यानमार्फत घरघरमै पुगेर स्वाब संकलन गर्नेछन् । कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका बिरामीको पहिलो परीक्षण नगरपालिकाले गर्नेछ भने देस्रो पटक व्यक्ति आफैँले गर्नुपर्नेछ ।

झन्डै एक लाख संक्रमित रहेको उपत्यकामा कामपाले मोबाइल भ्यानबाट स्वाब संकलन कार्य सुरु गर्न लागेको हो । कामपा र नास्टबीच मोबाइल भ्यान निर्माण गर्ने दुई पक्षीय सहमति भएपछि महानगर क्षेत्रमा अशक्तलाई भ्यानमार्फत स्वाब संकलन गर्न लागेको हो । भ्यान तयार गर्न करिब पाँच लाख रुपैयाँ खर्च लागेको कामपाको भनाइ छ ।

सरकारले ५० जना संक्रमितको मात्र परीक्षण गर्न निर्देशन दिएको थियो । ५० जनाको मात्र परीक्षण गर्नुपर्ने भएपछि कामपा पछि हटेको थियो । तर पुनः परीक्षण संख्या बढाउने विषयमा सहमति भएपछि कामपाले परीक्षणको संख्या बढाउन लागेको हो । कामपा जनस्वास्थ्य विभागले अब परीक्षणको दर बढाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here