काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान सुरु भएको हो ।

गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

frontline

धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका छन् ।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो ।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here