काठमाडौं उपत्यकामा ह्वात्तै चिसो बढ्यो, जनजीवन प्रभावित

६ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण विहीबार विहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु/कुइरो लागेको छ ।

विहानैदेखिको बाक्लो तुवालो र हुस्सुका कारण काठमाडौं उपत्यकामा समेत ह्वात्तै चिसो बढेको छ, भने जनजीवन प्रभावित बनेका छन् ।

frontline

उपत्यकाका अधिकांश स्थानमा हल्का पानी परिरहेको कारण सर्वसाधारणहरु आफ्नो गन्तव्यसम्म पुग्न असार महिनामा जस्तै छाताको साहारा लिएका छन् ।

त्यस्तै चिसोबाट बच्नका लागि पर्यटकीय नगरी ठमेललगायत विभिन्न चोकहरुमा सर्वसाधारणहरुले आगो बालेका छन् ।

यता मौसम पूर्वानुमान महाशाखाले पनि बिहानैदेखि बाक्लो तुवालो लागेको कारण जाडो अत्याधिक महसुस गरिएको जनाएको छ ।

यसका साथै महाशाखाले वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु, कुहिरो लागेको छ । आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here