काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थपियो

फ्रन्टलाइन उपत्यका । कोरोना संक्रमण झन फैलिँदै गएसंगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको भएको हो ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको अवधी बढाउने र कडाइका साथ पालना गराउने निर्णय गरेको हो ।

frontline

यसअघिको निषेधाज्ञा २९ गते समाप्त हुनेछ । त्यसपछि लगातार थप दुई साता फेरि निषेधाज्ञा जारी रहनेछ । अलपत्र परेकाहरूलाई भने घर पठाउने प्रबन्ध समेत मिलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here