काठमाडौँ र ललितपुरमा ५०० बढी संक्रमित, २४ घण्टामा छ को मृत्यु

२ मङ्सिर, काठमाडौँ । नेपालका दुई जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् । काठमाडौँ र ललितपुरमा  ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् । 

frontline

त्यस्तै मन्त्रालयका अनुसार बिहीबार पाँच जिल्लामा संक्रमित सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप छ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८९ पुगेको छ ।

बिहीबार देशभरमा गरी थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो । 

बिहीबार २६० जना संक्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमित सात हजार ६४२ रहेका छन् । नेपालमा संक्रमण दर १८ प्रतिशत रहेको छ । 

अहिले होम आइसोलेसनमा सात हजार १६९, संस्थागत आइसोलेसनमा ४७३, सघन उपचार कक्षमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । बिहीबार ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 हालसम्म पहिलो मात्रा ८९ लाख ९६ हजार २५३ जनाले र दोस्रो मात्रा ७७ लाख १३ हजार ४०९ जनाले लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here