काठमाडौँ उपत्यकाको १ सय २१ ठाउँमा चेकिङ

/fdzfx ky l:yt df]6/ ;fOsn rfnsx?sf] cg’dtL kq r]shfFr ub}{ 6«fkmLs k|x/L . tl:a/ c+ub 9sfn . sflGtk’/

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।

बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् । 

frontline

सवारीसाधन चलाउनेहरुले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने खनालले जानकारी दिए । उनले भने, ‘चालकले लागु पदार्थ सेवन गरेको बारे परीक्षण गर्न प्राविधिक सहितको टिम खटाउन निर्देशन दिएका छौँ ।’

लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताए । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।

इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको खनालले बताए । उनले भने, ‘सीसीक्यामेरा र ड्रोनबाट पनि अवाञ्छित गतिविधिबारे मनिटर गर्छौँ ।’

दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना  छ । बिहीबार बिहानैबाट चेकजाँच सुरु गरिने जानकारी दिँदै खनालले भने, ‘ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बसेमा कानुनी कारबाही हुन्छ ।’

काठमाडौँका एसएसपी भन्छन्, ‘जबर्जस्ती गरेमा १ सयमा फोन गर्नुस्’

होलीको सुरक्षाका लागी काठमाडौँ जिल्लामा मात्रै २ हजार भन्दाबढी प्रहरी परिचालन हुनेछन् । काठमाडौँको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

मापसे र लागु पदार्थ सेवन सम्बन्धी चेकजाँचमा कडाइ गरिने उल्लेख गर्दै अधिकारीले उत्साहको पर्वमा नकारात्मकता नल्याउन आग्रह गरेका छन् । होली खेल्न नचाहनेहरूलाई जबर्जस्ती रङ दल्ने र लोला हान्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने एसएसपी अधिकारीले बताए । उनले भने, ‘कसैले जबर्जस्ती गरेमा १ सय नम्बरमा फोन गर्न मेरो आग्रह छ ।’

होली खेल्न नचाहनेलाई रङ दल्ने र मानसम्मानमा आँच पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ । लागु पदार्थको परीक्षण गर्न उपत्यका प्रहरी कार्यालयले ट्राफिक प्रहरीलाई आवश्यक सामग्री र प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here