कांग्रेस सभापति उम्मेदवारका लागि ३० हजार शुल्क
२५ मंसिर, काठमाडौ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ ।
निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ ।
उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
प्रदेश अधिवेशनमा गण्डकीमा सभापतिको उम्मेदवारका लागि ९१ हजार शुल्क तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्