कांग्रेस महाधिवेशन : सेन्सरसहितको स्यानिटाइजर मेसिनको व्यवस्था

श्रोत : ईन्टरनेट

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुलाई स्यानिटाइज गरेर मात्रै मतदान स्थलमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

मोहन बस्नेत नेतृत्वको स्वास्थ्य समितिले स्यानिटाइजर छर्किने सेन्सरसहितको मेसिनको व्यवस्था मिलाएको छ ।

frontline

मतदान गर्न जानुअघि हरेक महाधिवेशन प्रतिनिधिहरु सोही मेसिन हुँदै जानुपर्ने छ ।

प्रतिनिधिहरु सो मेसिन अगाडि उभिंदा सो मेसिनले शरीरमा स्यानिटाइजर छर्किने छ ।

मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिहरुको नामावली सार्वजनिक भएको छ ।

प्रतिनिधिहरु भोट खसाल्ने लाइनमा उभिएका छन् । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान मतपत्र प्रकाशनमा ढिलाइ भएकाले निर्धारित समयमा सुरु हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here