कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने बताए। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, मुस्लिम सहमहामन्त्रीलगायतका पदहरूको नतिजा आइसकेको छ। नेपाल जनसम्पर्क समितिको र विभिन्न पेशागत समूहहरूको मतगणना पनि सम्पन्न भइसकेको उनले जानकारी दिए। उनले अघिल्लो महाधिवेशनको तुलनामा १५औँ महाधिवेशनको निर्वाचनको मतगणना निकै छिटो भएको उल्लेख गरे। 

frontline

महाधिवेशन अन्तर्गत सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्।त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलातर्फ पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। उपसभापति खुलामा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्री खुलामा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महामन्त्री महिलामा डिला संग्रौला निर्वाचित भइसकेका छन्। विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ। केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here