कांग्रेस महाधिवेशन मतदान सुरु, ३ बजेसम्म मतदान हुने, आजै मतगणना
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्।
मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। यससँगै हिजो मतदान गर्न नपाएका मतदाताहरूमा पुनः उत्साह थपिएको छ। टाढा जानुपर्ने प्रतिनिधिहरू मतदान सकेर दसैँ मनाउन घर पुग्ने सोचमा छन्। यसले महाधिवेशन प्रतिनिधिहरूमा थप ऊर्जा भरेको छ।
खराब मौसम र प्राविधिक कारणले गर्दा राति मतदान गराउँदा मतदातालाई कठिनाइ हुने भएकाले हिजो अपराह्नदेखि सञ्चालन गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले बताए।






प्रतिक्रिया दिनुहोस्