कांग्रेस महाधिवेशन : पौडेल समूहद्वारा सम्पूर्ण प्रक्रिया भताभुङ्ग हुने संस्थापन पक्षको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका बमोजिम यही भदौ १८ गते तल्लो इकाई वडा अधिवेशन सुरु भयो ।

गुटै–गुटले थला परेको कांग्रेसमा अहिले २० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको घिनलाग्दो किचलोले ती जिल्लाको वडा अधिवेशनसमेत अन्योलमा परेका छन् ।

frontline

यही किचलोले क्षेत्रीय र केन्द्रीय महाधिवेशनबाहेक अन्य तहको कार्यतालिका फेरबदल भयो, अब केन्द्रीय महाधिवेशन निर्धारित मितिमै हुनेमा समेत आशंका बाक्लिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सम्पन्न वडा अधिवेशन अस्वीकार गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको निर्णयले कांग्रेसको महाधिवेशनको सम्पूर्ण प्रक्रिया नै भताभुङ्ग हुने आशंका बढाएको छ ।

पौडेल पक्षले डडेल्धुरामा धाँधलीपूर्ण वडा अधिवेशन भएको जिकिर गर्दै १४ औं महाधिवेशनको निष्पक्षतामै प्रश्न उठाएको छ । डडेल्धुराको वडा अधिवेशन पुनः गर्न माग गरिएसँगै महाधिवेशनका सम्पूर्ण प्रक्रियामा ठेस पुग्ने हो कि भन्ने आशंका बढेको छ ।

पौडेल पक्षको यो मागलाई ठाडै अस्वीकार गरेर देउवा पक्ष पनि मैदानमा उत्रेको छ । यही प्रकरणमा संस्थापन र इतर पक्षबीच टकराव बढ्दै जाँदा त्यसको सोझो असर क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेका जिल्लामा पर्ने देखिएको छ ।

डडेल्धुराको किचलो थामथुम पारिएन भने मंसिर ९ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशननै प्रभावित हुने आशंका बढेको नेता भिमसेनदास प्रधान बताउनुहुन्छ ।

पार्टी सभापतिले अधिवेशनको पक्षमा रहेको जोड दिइरहनुभएको उहाँको भनाइ छ । ‘विवाद आएका ठाउँमा समाधान गर्दै जाउँला भन्ने सभापतिज्यूको लाइन हो,’ उहाँ भन्नुहुन्छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमतिसाथ बुझाएको क्रियाशील सदस्यताको प्रतिवेदन हात परेको भोलिपल्टै पौडेल पक्षले सदस्यतामा मच्चाएको रडाकोले समस्या झनै गिजोलिएको नेता प्रधानको तर्क छ ।

पार्टीमा आफ्नो वर्चश्व कायम गर्न पौडेल पक्षले नियतवश विवाद चर्काएको उहाँको आरोप छ ।

पार्टीको नेतृत्व हत्याउन क्रियाशील सदस्यमा कांग्रेसका गुटहरूको गहिरो स्वार्थ रहने गरेको छ । यही स्वार्थले पार्टीको आन्तरिक जीवनमा असर पार्दै महाधिवेशननै अनिश्चयतातर्फ धकेलिनु सुखद् संकेत हुँदै होइन ।

कार्यतालिका बमोजिम १४ औं महाधिवेशन सम्पन्न हुन सकेन भने त्यसको दोष पार्टी सभापति देउवामा पक्कै जानेछ । तर, चौर आँैला आफूतिर ठडिनेमा पौडेल पक्षले ध्यान पुर्‍याएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here