कांग्रेस महाधिवेशनमा मतदानस्थल भित्र मोबाइल फोन लिएर जान नपाइने

२३ मंसिर, काठमाडौं । भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ।

निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको हो ।

frontline

समितिले व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाईने, मर्यादित र अनुशासित भइ शान्तिपूर्णरुपमा प्रचारप्रसार गर्न पाइनेलगायत आचारसंहिता पनि जारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय र राष्टियसभा गृहरभृकुटी मण्डप, प्रदर्शनी मार्ग यी दुई स्थान महाधिवेशनसँग सम्बन्धीतस्थल रहेकाले उक्त दुई स्थानको वरिपरी ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री व्यानर भित्तेलखन, पोष्टर, तुल, पम्लेट, इत्यादी टास्न एवम् माइकिङ गर्न मनाही गरिएको छ ।

यस प्रकारका प्रचार सामग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा समितिले हटाउने जनाएको छ ।

साथै मतदानस्थल (भृकुटीमण्डप-राष्ट्रियसभा गृह)भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here