कांग्रेस पर्वत क्षेत्र नं. १ मा मतगणना स्थगित

४ मंसिर, कुश्मा । नेपाली कांग्रेस पर्वतको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत क्षेत्र नं. १ मा मतगणना स्थगित भएको छ। गएराती सम्पन्न मतदानपछि मुचुल्का गरेर सिल लगाइएका बाकसमा खसेको मतभन्दा बढी भेटिएपछि मतगणना स्थगित भएको हो। 

क्षेत्र नं. १ मा रहेका कुल ६४२ मतदातामध्ये ६२० मत खसेको थियो। मतगणनाका लागि शनिबार बिहान १० बजे सिल खोलेर मतपत्र गन्ने क्रममा ६ सय २४ मत पुगेपछि विवाद भएकको हो।

frontline

 क्षेत्र नं. १ को नेतृत्वका लागि कृष्ण केसी र राजकुमार क्षेत्रीको छुट्टाछुट्टै समुह प्रतिस्पर्धामा रहेको छ। फर्जी मत देखिएपछि सभापतिका उमेद्वार कृष्ण केसी मतगणना स्थलबाट बाहिरिएका छन्।

अहिले दुवै पक्षबीच छलफलका लागि प्रयास भैरहेको छ। केसीले भने धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेका छन्। 

निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले छापाखानाबाट मतपत्र ब्याण्डिङ गर्ने क्रममा कमजोरी भएको बताए। मतपत्रमा नम्बर हान्ने क्रममा केही दोहोरिका तथा अर्धकट्टीमा नम्बर नहानिएका कारण समस्या पैदा भएको उनको भनाइ छ।

निर्वाचन समितिले ६ सय ५० मत छाप्न दिएको थियो। तीमध्ये ४ वटा अर्धकट्टीमा नम्बर नहानिएकाले समस्या भएको बताए।

अहिले निर्वाचन समितिले उक्त विषयका बारेमा दुवै उमेद्वारलाई जानकारी गराउने र सहमतिकको प्रयास गरिरहेको निर्वाचन अधिकृत शर्माले बताए। उनले पुनः मतदानको सम्भावना नरहेको बताए। 

उता क्षेत्र नं. २ मा भने अहिले मतदान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here