कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा

श्रोत : ईन्टरनेट

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको छ। 

केहीबेर अगाडि बैठक सुरू भएको हो।

frontline

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित छन्।

अहिले पदाधिकारी बैठक जारी रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

सभापति देउवासहित विपक्षी ५ दलका शीर्ष नेता मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसेका थिए।

आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन्।

अब कसरी अगाडि बढ्ने र १४ औं महाधिवेशन तयारीबारे आवश्यक रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here