कांग्रेस नेता खत्रीले गोरखा जिल्लामा ६ वटा एम्बुलेन्ससहित स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि प्रेमकुमार खत्रीले गोरखा जिल्लामा ६ वटा एम्बुलेन्ससहित एक करोडभन्दा बढीको स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्ने भएका छन् ।

पर्यटन व्यवसायी समेत रहेका कांग्रेस नेता खत्रीले ‘सम्भव नेपाल’ नामक संस्थामार्फत ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू बितरण गर्न लागेको संस्थाका उत्तम अधिकारीले जानकारी दिए ।

frontline

ती एम्बुलेन्सहरू गोरखाको पाँच वटा स्थानीय तहलाई बितरण गरिनेछ । गोरखा नगरपालिकाले २ वटा एम्बुलेन्स पाउनेछ ।

गण्डकी गाउँपाकिालले १, शहीद लखन थापा गाउँपालिकाले १, भीमसेन थापा गाउँपालिकाले १ र धार्चे गाउँपालिकाले १ वटा एम्बुलेन्स पाउनछन् ।

कांग्रेसक युवा नेता खत्रीले गोरखा नगरपालिकामा बुधबार बिहान ११ बजे विशेष कार्यक्रम गरेर ६ वटा एम्बुलेन्स र ६ थान अक्सिजन सिलिण्ड, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय पिस अक्सिमटिर, पीपीई सेट, फेससिल्डलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।

खत्रीले एउटा एम्बुलेन्सलाई करीव १२ लाखमा किनेका छन् ।

यसअघि, कांग्रेस नेता खत्रीले गोरखा जिल्लामा विद्यार्थी, विद्यालय र विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

पर्यटन व्यवसायमा संलग्न खत्रीले व्यवसायबाट मुनाफाको केही प्रतिशत रकम समाजसेवामा लगाउँदै आएका छन् ।

कोरोना महामारीका बेला आफ्नो गृहजिल्ला गोरखाका जनताको जीवन रक्षाका लागि कांग्रेसका युवा नेता खत्रीले एम्बुलेन्ससहितका स्वास्थ्य सामग्री वितरण गर्न लागेका हुन् ।

‘मेरो आफ्नै जिल्ला गोरखाका जनताप्रति सामाजिक दायित्व छ । कोरोना महामारीबाट जनताको जीवन बचाउन राज्य आफैले पनि काम गरिरहेको छ’, खत्रीले भने, ‘हामीले पनि जनताको जीवन रक्षा गर्न र उपचारमा सहयोग गर्न व्यक्तिगत वा संस्थागत रुपमा हुन सक्ने सहयोग गर्नुपर्छ ।’

गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि कांग्रेसले गोरखामा काम गरेको देखेर चकित परेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here