कांग्रेस धनुषा सभापतिमा तीनजनाबीच प्रतिस्पर्धा

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार तीनजनाले सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

सन्तोष यादव, योगेन्द्र पञ्जियार र दिनेश प्रसैलाले सभापति पदमा उम्मेदवारी दिएका हुन् । हाल जिल्ला उप-सभापतिसमेत रहेका सन्तोष संस्थापन पक्षका उम्मेदवार हुन् भने क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पञ्जियार बिमलेन्द्र निधि पक्षका हुन् ।

frontline

संविधानसभा सदस्यसमेत रहेका प्रसैला डा.शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

यस्तै दुई उपसभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । लक्ष्मीनारायण यादव, सुरेन्द्र चौधरी ‘मुन्‍ना’, गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा र गणेश झाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै दुई सचिव पदका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्रमोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

दुई सह-सचिव पदका लागि धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here