कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित
चरिकोट, १९ असोज (रासस) :नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।
लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गर्नुभयो ।
यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो । –––






प्रतिक्रिया दिनुहोस्