कांग्रेस क्षेत्रीय अधिवेशनका क्रममा बुटवलमा कार्यकर्ताबीच झडप

८ मंसिर, बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतगणना भइरहेको बुटवलको बालमन्दिरमा पार्टीको संस्थापन पक्षका प्रसन्न कोइराला र संस्थापन इतर पक्षका दीर्घबहादुर केसीबीच विवाद हुँदा झडप भएको हो ।

frontline

त्यस क्रममा केसीको अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । झडपपछि मतगणना स्थगित भएको छ । विवाद र झडपका क्रममा प्रहरी मुकदर्शक बनेको कांग्रेस कार्यकर्ताको भनाइ छ ।

यसअघि भैरहवामा प्रदेश सभा क्षेक्रीय अधिवेशनका त्रममा पनि संस्थापन पक्षका तरुण दल रुपन्देही अध्यक्ष सोम गुरुङको समूहले संस्थापन इतरका क्षेत्रीय सचिवका उम्मेदवार सैलेश  पन्तमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट पन्तको नाकको हड्डी भाँचिएर  लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको थियो । अधिवेशनलाई लक्षित गरेर गृहमन्त्री खांण केही दिनदेखि रुपन्देहीमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here