कांग्रेस केन्द्रीय सदस्यमा युवा नेतृ रुबी सिटौलाले दिइन् उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत झापाकी युवा नेतृ रुबी सिटौलाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी छन्। उनले कोशी प्रदेशको महिला (युवा) तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्।  

झापाबाट कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी सिटौलाले आफ्नो स्थानीय राजनीतिक अनुभवलाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्न उम्मेदवारी दिएको बताइन्। दन्तचिकित्सा (डेन्टिष्ट्री) शास्त्र अध्ययनरत उनले स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा पनि निरन्तर सक्रियता जनाउँदै आएकी छन्।  

frontline

उम्मेदवारी दर्तापश्चात् प्रतिक्रिया दिँदै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु मात्र नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको स्पष्ट पारिन्। सिटौलाले भनिन्, ‘ झापाको माटोबाट कांग्रेसको राजनीतिक संस्कार, संघर्ष र संगठनलाई नजिकबाट बुझ्दै आएको यात्रालाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको महसुस गरेकी छु। समयले राजनीतिलाई नयाँ प्रश्न दिएको छ। अब पुराना उपलब्धिको सूचीले मात्र भविष्यको बाटो देखाउँदैन।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here