‘कांग्रेस अब सरकारमा जाँदैन, निर्वाचनमा जान्छ’- चन्द्र भण्डारी नेता कांग्रेस
पहिलो कुरा, कांग्रेस आफ्नो महाधिवेशनतर्फ पनि जानै पर्छ। संवैधानिक रुपले हाम्रो मिति भदौ अन्तिम हो। यदि हामी गएनौँ भने हाम्रो पार्टी कसैको नाममा दर्ता हुन सक्छ। यो हामीले बनाएको संवैधानिक व्यवस्था हो। दोस्रो, सरकार सञ्चालनको कुरामा नेपाली जनताले जहिले पनि सरकारको कुरा, जहिले पनि सत्ताको कुरा, जहिले पनि कमाउने कुरा र अहिले कम्युनिष्ट द्वन्द्वका कारण जनतालाई निराश बनाएको छ। त्यसकारण हामी जतिबेला पनि सत्ताको कुरा गरेर जनताको अगाडि ‘अनपपुलर’ हुने पक्षमा छैनौँ। किनभने अहिले नाटक मञ्चन त कम्युनिष्टहरुले नै गरिरहेका छन्। हिजो जनताले यत्रो बहुमत दिएर जितेको पार्टीले सत्ता चलाउन छाडेर झगडा, टन्टा, करप्सन जुन भइरहेको छ, त्यसले जनता दिक्क भइसकेका छन्। यदि कांग्रेस पनि सत्ताकै लागि झगडामा गयो भने जनतामा निराशा ल्याउँछ। यसले एकदम अराजक स्थिति देशमा हुन सक्छ। त्यसकारण हामी यसमा गम्भीर छौं।
संसारमा बहुमत प्राप्त प्रधानमन्त्रीले मैले सरकार चलाउन सकिनँ, मलाई जनताले यति ठूलो नासो दिनुभएको थियो, यो नासो मैले बुझाउँछु भनेर जनतासँग जान पाइन्छ। संसारमा प्रजातन्त्रीय प्रणालीबाट हुन्छ। तर, नेपालमा हामीले के गर्यौं भने एउटा प्रधानमन्त्री आउँछ, आफूलाई अनुकुल भएन भने उसले डिजल्भ गरिदिन्छ। वा अरु कसैलाई सत्तामा जान मन लाग्यो भने अरु स्वार्थीहरु मिलेर प्रधानमन्त्रीलाई ६÷६ महिनामा अविश्वासको प्रस्ताव राख्ने गर्दछन्। यो कुरालाई हामीले मेट्न खोजेको हो खास।
प्रतिक्रिया दिनुहोस्