कांग्रेसले ३५ जिल्लामा खटायो निर्वाचन प्रतिनिधि (सूचीसहित)
काठमाण्डु । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३५ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३६ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।
अहिले ३६ जिल्लामा मात्र प्रतिनिधि खटाएको छ भने केही बाँकी जिल्लामा मतदाता सूची तयार हुनासाथ प्रतिनिधि खटाउने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे बताए वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ ।
३६ जिल्लामा खटाइएका निर्वाचन प्रतिनिधिको नामावली यसप्रकार छ :
१. ताप्लेजुङ – तीलक पाण्डे
२.पाँचथर– मदन खड्का
३.संखुवासभा– भरतराज उपाध्याय
४. तेह्रथुम–लक्ष्मणलाल रञ्जित
५.खोटाङ– विकास भट्टराई
६.सोलुखुम्बु– कैलाश गु?ङ
७.ओखलढुङा– किर्तीनाथ शर्मा
८.उदयपुर– खुसीराज गौतम
९.झापा– सुबोधबाबु चिलवाल
१०.दोलखा– चक्रबहादुर थापा ९अमित०
११.रामेछाप– विष्णु लुईंटेल
१२.सिन्धुली –लेखत बहादुर खड्का
१३.भक्तपुर –मुकुन्द शर्मा पौडेल
१४.लमजुङ –थानेश्वर दवाडी
१५.तनहुँ –फणिन्द्र कोइराला
१६. मनाङ बसन्त रिमाल
१७.मुस्ताङ –शिवराज वाग्ले
१८.पर्वत –विश्वास आचार्य
१९.म्याग्दी –विष्णुप्रसाद शर्मा
२०.नवलपुर– गोविन्द सिग्देल
२१.नवलपरासी –बाबुराम पाण्डे
२२.रूपेन्देही –भूमिश्वर गौतम
२३.पूर्वी रूकुम –इश्वरी प्रसाद ज्ञवाली
२४.रोल्पा –सूर्यबहादुर वली
२५.रूकुम पश्चिम –मुक्ति आचार्य
२६.मुगु –नरेन्द्र बहादुर सिंह
२७.जाजरकोट –सूर्यबहादुर शाह
२८.दैलेख –विबस बस्नेत
२९.बझाङ– चेतराज भट्ट
३०.डोटी –ठेकेन्द्र राज जोशी
३१.अछाम –देवराज भट्ट
३२.दार्चुला –देवराज अवस्थी
३३.बैतडी –पुष्पराज जोशी
३४.डडेल्धुरा– लोकेन्द्रबहादुर बम
३५.कञ्चनपुर –भरतबहादुर सिंह
३६.कैलाली –टेकप्रसाद सुबेदी
प्रतिक्रिया दिनुहोस्