कांग्रेसले विधानमै तोक्यो वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विधानमा वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार थप गरेको छ । कांग्रेसले विधानको धारा २६ क थप गर्दै वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको हो । निर्वाचन आयोगमा बुझाइएको विधानअनुसार केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापतिले कार्यवाहक सभापतिको रूपमा काम गर्नेछन् ।

त्यस्तै, वरिष्ठ उपसभापतिलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा काम गर्ने जिम्मेवारी पनि तोकिएको छ ।
केन्द्रीय कार्यालयको संयोजन गर्ने तथा अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुने विधानमा उल्लेख छ ।

frontline

यसअघि विधानमा वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारसम्बन्धी छुट्टै व्यवस्था थिएन । कांग्रेसले १५औं महाधिवेशनबाट वरिष्ठ उपसभापति पद सिर्जना गरेको थियो । जसमा विश्वप्रकाश शर्मा उपसभापति छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here