कांग्रेसको क्रियाशील सदस्यतामा विभेद भएको भन्दै तालाबन्दी

विराटनगर । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा विभेद भएको भन्दै एक समूहले नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

बिहीबार नेपाल विद्यार्थी सङ्घका नेताहरूले जिल्ला पार्टी कार्यालय भित्र रहेको मोरङ क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

frontline

क्रियाशील सदस्यता पाउन योग्य केही व्यक्तिको नाम काटेर केही नेताले आफ्ना नजिकका मान्छेको नाम समावेश गरेर नामावली सार्वजनिक गरेपछि ताला लगाइएको कांग्रेस कार्यकर्ता योगराज दाहालले बताए ।

‘पाउनैपर्ने व्यक्तिको नाम समावेश नगरेर पार्टीको धर्म र सिद्धान्त भुलेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, तालाबन्दीपछि जारी विज्ञप्तिमा भनिएको छ’, नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक हो कि होइन भन्ने प्रश्न चिह्न खडा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

poster-here