काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा

२३ फागुन, काठमाडौं । नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने निर्वाचनमा सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार देखिएका छन् ।

संस्थापन पक्षबाट सभापति पदमा सन्तोष यादवले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पंजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादव भिड्दैछन् ।

frontline

पंजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गुटका हुन् । यादव अघिल्लो कार्यकालमा उपसभापति भैसकेका छन् ।

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने निर्वाचनमा सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार देखिएका छन् ।

संस्थापन पक्षबाट सभापति पदमा सन्तोष यादवले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पंजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादव भिड्दैछन् ।

पंजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गुटका हुन् । यादव अघिल्लो कार्यकालमा उपसभापति भैसकेका छन् ।

सहसचिव पदमा धर्मनाथ यादव, सुरेश कोइराला, महेशकुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो.साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा कुल ९१ वटा पद निर्धारण गरिएको छ । विभिन्न ९१ वटा पदका लागि २४० जना आकांक्षी उम्मेदवार भिड्दैछन् ।

काँग्रेस धनुषा निर्वाचन समितिका अधिकृत अरुण ज्ञवालीकाअनुसार सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ भने ३ हजार १९७ मतदाताले मतदान गर्नेछन् ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here