कर्मचारी समायोजनमा देखिएका समस्या छिट्टै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी समायोजनमा देखिएका समस्या छिट्टै समाधान गर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले समायोजनमा देखिएको समस्या पारस्परिक छलफलका आधारमा समाधान गरी कर्मचारीहरूलाई सन्तुष्ट पार्ने प्रतिबद्धता जनाएका हुन् ।

frontline

उनले संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गर्दै कार्यान्वयनमा लैजाने पनि बताए । प्रधानमन्त्री देउवाले कर्मचारीलाई आफ्नो छवी स्वच्छ राख्न र जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here