कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द

२६ पुस, डडेल्धुरा ।  डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

frontline

कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो ।

तर नगरपालिकाको कार्यालय मातहतकाअन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण देखिएका कर्मचारी मध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका जनाईएको छ ।

संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here