कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

२७ कार्तिक, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले लमजुङको राइनास नगरपालिका– ४ बस्ने ४१ वर्षीय चन्द्रप्रसाद पराजुलीलाई पक्राउ गरेको हो।

२०५८ साल मंसिर १ गते पराजुलीले आफ्नै बाबु ५५ वर्षीय खगेश्वर पराजुलीलाई बन्चरो प्रहार गरी गोबर ग्यासको सेफ्टी ट्यांकीमा फाली फरार रहेका थिए ।

frontline

प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट कात्तिक २२ गते पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए। 

पक्राउ परेका पराजुलीलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसहित जिल्ला अदालत लमजुङमा पेस गरी पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कार्कीले बताए। 

प्रतिक्रिया दिनुहोस्

poster-here