कर्णाली मुख्यमन्त्रीले स्वास्थ्यकर्मी लाई कोरोनाभत्ता एकमुष्ट उपलब्ध गराउने

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले भत्ता उपलब्ध गराईदिन अनुरोध गरेका थिए।

frontline

सो क्रममा उनले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आर्थिक वर्षको भत्ता एकमुष्ट रूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताए।

छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न जनशक्ति व्यवस्थापन लागि आग्रह गरेका थिए।

मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाए।

उनले भने, ‘तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीकै साथमा छ।

कुराभन्दा पहिला काम गर्नुस्। बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक रकमको सहयोग प्रदेश सरकारले गर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here