कर्णाली प्रदेश सरकारद्वारा दुई अध्यादेश स्वीकृत

कर्णाली  । कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

frontline

प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८÷०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक महिनासम्म पारित गर्न नदिएपछि आज अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।     (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here