कर्णालीमा नागपञ्चमीमा सार्वजनिक विदा

१५ साउन, दैलेख । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक विदा दिएको छ। साउन शुक्ल पञ्चमी (नागपञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। 

कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्री परिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले बताए। 

frontline

मन्त्रालयद्वरा जारी सार्वजनिक बिदा सम्बन्धी सूचनामा भनिएको छ ‘मिति २०७९ साउन १७ गते मंगलवार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ।’  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here