करेन्ट लागेर गैंडाको मृत्यु

फाइल तस्बिर

२७ असोज, काठमाडौं । चितवनमा करेन्ट लागेर गैंडा मरेको छ । खैरहनी नगरपालिका–१२, इचर्नी खोलानजिकै रहेको बंगुर फार्म घेरिएको बिजुलीको तारमा प्रवाह गरिएको करेन्ट लागेर गैंडाको मृत्यु भएको बताइएको छ ।

अन्दाजी छ वर्षको भाले गैंडा करेन्ट लागेपछि मरेको चितवन राष्ट्रिय निकुञ्जले बताएको छ । निकुञ्जबाट प्राविधिकसहितको टोली पुगेर अनुसन्धान भइरहेको छ ।

frontline

चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा योसँगै दुई वटा गैंडा मरेका छन् । निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार चितवनको जंगलमा ६ सय ९४ गैंडा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here