करेन्ट लागेर एकको मृत्यु भएपछि स्थानीय वासिन्दाको प्रदर्शन

काठमाडौं । मेलम्चीमा नदीले कटान गरेको ठाउँमा बाँध बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले विद्युत प्राधिकरणविरुद्ध प्रदर्शन गरेका छन् ।

मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा विजुलीको तारले छोई करेन्ट लागेर सोमबार विहान मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो ।

frontline

स्थानीय वासिन्दाले प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएको भनी प्रदर्शन गरेका छन् ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार स्थानीय वासिन्दा र विद्युत प्राधिकरणका प्रतिनिधिबीच सोमबार दिउँसो यस विषयमा छलफल सुरु भएको छ ।

तर स्थानीयले प्रदर्शन भने जारी राखेका छन् ।

प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here