कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु
१४ पुस, कम्बोडिया । कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल-क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ।
होटलमा आगलागी बुधबार दिउँसो ४ : ३० बजे भएको हो । प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखिन्छ। स्थानीय मिडियाका अनुसार होटलमा थाइल्याण्डका धेरै मानिसहरु उपस्थित थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
थाई विदेश मन्त्रालयका एक अधिकारीले केही घाइतेहरूलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा लगिएको बताए। पोइपेट शहर दुई देशबीचको महत्वपूर्ण सीमा क्षेत्र हो। बीबीसी
प्रतिक्रिया दिनुहोस्