कम्पाउन्डको गेट ढलेर लोकन्थलीमा बालिकाको मृत्यु
३० साउन, काठमाडौं । घरको कम्पाउन्डको गेट ढलेर लाग्दा भक्तपुरको लोकन्थलीमा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने ५ वर्षकी श्रीसिजा अर्याल रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जनाएका छन् ।
सोमबार दिउँसो लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टदा पाहुना आएकी अर्याल च्यापिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्