कमल थापालाई निर्वाचन चिह्न गाई दिन सर्वोच्चको आदेश

फाइल तस्बिर

८ साउन, काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो ।

frontline

थापाले गाई चिह्न माग गर्दै असार ३० गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । निर्वाचन आयोगले थापालाई तीर चिह्न दिएकोमा आपत्ती जनाउँदै उहाँले रिट दायर गर्नुभएको थियो ।

आयोगले गाई राष्ट्रिय जनावर भएको दाबी गर्दै निर्वाचन चिह्न दिन नसकिने जनाएको छ । राप्रपासँग एकीकरण गर्नुअघि राप्रपा नेपालको निर्वाचन चिह्न गाई रहेको थियो । पछिल्लो एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापा अलग हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here