कमला नदीको ब्यारेजमा दुई युवकको शव फेला

२७ असार, काठमाडौं । सिराहा र धनुषाको सीमानदी कमलामा दुई युवकको शव फेला परेको छ। कर्जन्हा नगरपालिका– १  स्थित कमला नदीको ब्यारेजमा सोमबार बिहान दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

फेला परेको शव सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरका १७ वर्षीय मोहमद अली र उनका फुपूका छोरा भारत बिहारका १९ वर्षीय जफर शेखको रहेको प्रहरीले जनाएको छ।

frontline

सिँचाइ गर्न कमला नदीको बन्दीपुरमा बनाइएको ब्यारेजको ढोकामा नदीको उत्तरबाट बगेर आएको शव अड्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार बकर इदको अवसरमा दुवै दाजुभाइ आइतबार ज.९प ६१९४ नम्बरको बुलेट बाइक चढेर कमला नदीको उत्तरबाहिनी पर्यटकीय क्षेत्र पुगेका थिए।

दुवैजना नदीमा नुहाउने क्रममा बगेर ब्यारेजको ढोकाछेउमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here