कमलपोखरी पुननिर्माणको अनुगमनमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिएका छन  ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि पुगेका  प्रमुख शाक्यले यस्तो निर्देशन दिएका छन। ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई द्रुत रुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिएका थिए  ।

frontline

‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भने , ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । स्थलगत अनुगमनमा पुगेका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरेका थिए  ।

‘कमल पोखरीको अस्थित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने , ‘महानगरपालिको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माण पछि काठमाडौँवासीका लागि आकर्षक स्थल बन्ने छ ।’ उनले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिएका थिए।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने जानकारी दिएका छन। आयोगका अनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छभने पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना, विभिन्न ठाउँमा चैत्य  र पाँचओटा मकरधार निर्माण हुनेछन ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभावका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिएका थिए।

उनले अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भैरहेको भन्दै मंसिर मसान्तासम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको भन्दै आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्न सकिने बताएका छ भने , विभिन्न वाहनामा काम रोक्ने र समयमा काम सम्पन्न नगरे कारवाही गर्ने समेत चेतावनी पनि दिएका छन।

त्यस्तै  इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिएका थिए  ।

निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालेले ४५ प्रतिशत काम सम्पन्न भएको भन्दै अनुगमनमा पुग्नुभएका प्रमुख शाक्य, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठ लगायतका सामू फागुन मसान्त सम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here