कपिलवस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजारमा डेरा गरी बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएकी ३० वर्षीया सीता परियारको करेन्ट लागी बुधबार दिउँसो मृत्यु भएको हो ।




घरको छतमा फोन गरिरहेको अवस्थामा नजिकैको विद्युतको नांगो तारमा छुँदा करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्