कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते

श्रोत : ईन्टरनेट

२३ मंसिर, चितवन । कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन् ।

frontline

घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

ट्रकले ठक्कर दिएपछि माइक्रो स्थानीय मित्र गुरुङको घरभित्र छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here