कनकाईमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना सम्बद्ध सार्वजनिक सुनुवाई सम्पन्न

फ्रन्टलाइन, झापा । झापाको कनकाई नगरपालिकामा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना नामक कार्यक्रम सम्बद्ध सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । हालै नगरपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


गत आर्थिक वर्ष २०७८÷७९ बाट शुरु भएको कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना कनकाई नगरपालिकाभर लागु भइरहेको छ । कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग एवम् अभियान नेपाल नामक संस्थाको सहजिकरणमा सो परियोजना संचालित छ । विशेष गरि महिलाहरुलाई जागरुक गराउँदै महिलाकै सहभागितालाई प्राथमिकतामा राखेर संचालित यस परियोजनामा अधिकांश महिलाहरु जोडिएका छन् । सयौँ कृषकहरु व्यक्तिगत र सामुहिक रुपमा समेटिएको यस परियोजना निकै लाभदायक सिद्ध भएको छ ।
उल्लेख्य संख्यामा कृषक, उद्यमी, स्थानिय नागरिकहरु, विभिन्न वडाका वडाध्यक्ष एवम् सदस्यहरु, पत्रकारहरु एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सार्वजनिक सुनुवाई समारोहमा प्रमुख वक्ताका रुपमा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेल, हेफर प्रोजेक्ट नेपालका रिजनल म्यानेजर दिपेश पोखरेल र अभियान नेपालका अध्यक्ष एवम् संविधान सभाका पुर्व सदस्य प्रेम बहादुर गिरि हुनुहुन्थ्यो ।
कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख पोखरेलले यस परियोजनाको लागि बिनियोजित रकम, विभिन्न संस्थासंगको सहकार्यको औचित्यता र यसको प्रभावकारिता बारे प्रष्ट्याउनुभएको थियो । यस्तै हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि दिपेश पोखरेलले संस्थाको सक्रियता र नगरपालिकाले खेलेको भुमिका साथै कार्यक्रमले नगरबासीमा पुर्याएको योगदानबारे बताउनुभयो । साथै अभियान नेपालका अध्यक्ष गिरिले यस परियोजनामा अभियान नेपाल जोडिनुको औचित्य र अभियान नेपालको विविध सक्रियताका पाटाहरुलाई उल्लेख गर्नुभयो ।
कार्यक्रमको शुरुवातमा हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि हरी सिलवालले परियोजना लागु भएदेखि हालसम्मको खर्च र प्रगती विवरण साथै आगामी रणनीति आदिबारे प्रस्तुत गर्नुभएको थियो त्यसपछि अन्तक्र्रियात्मक र प्रश्नोत्तर कार्यक्रम गरिएको थियो ।
प्रश्नोत्तर कार्यक्रममा सहभागिहरु मध्ये केहीले कार्यक्रमले पुर्याएको फाइदाप्रति खुसी व्यक्त गर्दै अझै व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए भने केहीले परियोजनाले सबै वर्ग र क्षेत्रलाई समेट्न नसकेको भन्दै असन्तुष्टी जनाए । प्रमुख वक्ताका रुपमा रहनुभएका तिनै जनाले सहभागिद्धारा सोधिएका विभिन्न प्रश्नहरुको हार्दिकतापुर्वक जवाफ दिनुभएको थियो ।

frontline


विगत लामो समयदेखि नेपालमा कृषि, उद्यमशिलता, स्वास्थ्य, सरसफाई, स्वच्छता, खानेपानी लगायतका क्षेत्रको समुचित विकासका लागि बलियो साझेदार संस्थाका रुपमा आफुलाई स्थापित गरिसकेको हेफर प्रोजेक्ट नेपालले यस किसिमका परियोजनामा मुलुकका अन्य दर्जनौँ पालिकाहरुमा पनि प्राविधिक सहयोगीको भुमिका खेलिरहेको छ । यस्तै अभियान नेपाल नामक सामाजिक संस्थाले पनि झापालाई केन्द्रमा राखेर विभिन्न सामाजिक कार्यहरुमा आफुलाई सक्रिय तुल्याएको छ ।

कनकाई नगरपालिका विकास र समृद्धिमा निरन्तर फड्को मारिरहेको एउटा उदाहरिणय स्थानिय तह हो । यस नगरपालिकाले स्थानिय सरकार प्राप्ती पछिको करिब ५ वर्ष अवधिमा थुप्रै कुरामा परिवर्तन हाँसिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here