कती धनी हाम्रा स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

२४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गरेका थिए ।

frontline

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् ।

https://frontlinekhabar.com/wp-content/uploads/2021/06/Sher-Sampati-Bibran.pdf

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here