कक्षा १२ को परीक्षा रोक्न चौतर्फी दबाब

बिहीवार, काठमाडौ । साउन २९ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा रोक्न चौतर्फी दबाब परेको छ । 

कोरोना भाइरसको संक्रमित दिनदिनै बढेदै गएको अवस्थामा सञ्चालन गर्न लागिएको परीक्षा रोक्न विद्यार्थी तथा सरोकारवालाहरुले दबाब दिएका हुन् ।

frontline

परीक्षा रोक्न सामाजिक सञ्जाल ट्वीटरमा चलाएको ‘क्यान्सल एनइबी एक्जाम’ ह्यासट्याग ट्रेन्डिङ भएको छ।

बुधबार साँझसम्म यो ह्यासट्यागमा ६० हजारभन्दा बढीले ट्विट गरिसकेका छन्। राष्ट्रिय परीक्षा बोर्डले साउन २९ देखि नै परीक्षा सञ्चालन गर्न आवश्यक तयारी गरिरहे पनि यसलाई रोक्न दबाब परिरहेको छ।

विद्यार्थी तथा अन्य सरोकारवालाहरुले कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको भन्दै भौतिक परीक्षा सञ्चालन गर्ने भनेर सरकारले लापरवाही गरेको आरोप लगाएका छन्।

विद्यार्थीहरुले भ्याक्सिन नलाएको अवस्थामा परीक्षा लिनु गलत भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ। उनीहरुले एसइइ र कक्षा ११ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको तर कक्षा १२ को भने भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागिएकोमा आपत्ति जनाएका छन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरे पनि यसबारे कुनै निर्णय भइसकेको छैन।

स्नातकोत्तर तेस्रो सत्रको परीक्षा भौतिक रुपमा बुधबारदेखि सुरु भएको छ भने स्नातक प्रथम तथा दोस्रो वर्षका परीक्षा धमाधम भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here