ओली विश्वासको मत लिन असफल भए
अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।
उनको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । त्यस्तै मत दिन्न भन्ने सांसदको संख्या १५ रहेको छ ।
ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।
प्रतिक्रिया दिनुहोस्