‘ओली जिन्दावाद’ भन्दै सिंगो बस्ती नै एमालेमा प्रवेश

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन् भन्दै मोरङको सुन्दरहरैंचास्थित एउटा सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने एक सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्र आवद्ध स्थानीयहरू ‘ओली जिन्दावाद’को नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरूले एक कार्यक्रम आयोजना गरी सामूहिक हस्ताक्षरसहित नेकपा एमालेमा प्रवेश गरेको पत्र एमाले वडा कमिटीलाई बुझाएका छन् । जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्त रुपमा हस्ताक्षर रहेको छ ।

frontline

सो गाउँका स्थानीय दिलकुमार लिम्बुको नेतृत्वमा प्रत्येक घरबाट एकजनाका दरले एक सय जनाभन्दा बढीको हस्ताक्षर पार्टी वार्ड कमिटीलाई बुझाइएको ५ ।

सो अवसरमा प्रदेश एकका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, एमालेका प्रदेश कमिटी सदस्यहरु हरि घिमिरे, लक्ष्मी फुयाँल, जिल्ला सचिवालय सदस्यहरु अजम्बर राई, ज्ञानेन्द्र ओझा, सुरेन्द्र थापा, केदार गुरागाईं, सुन्दरहरैंचा नगर अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतले नवप्रवेशीलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर एमालेमा प्रवेश गरेको कांग्रेस परित्याग गर्नेहरूले बताएका छन् । 

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेताहरुले ढिलै भएपनि सही राजनीतिक बाटो पहिल्याएकोमा सम्पूर्ण टोलीवासीलाई स्वागत गर्दै सबैले देशको विकासमा आ आफ्नो ठाउँबाट योग्दान पुर्‍याउनुपर्ने बताए । उनीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा आघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने बताए ।

कांग्रेंस तथा अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा दिलबहादुर श्रेष्ठ, गोमादेबी श्रेष्ठ, श्याम श्रेष्ठ, रिता श्रेष्ठ, मनकुमार राई, रेनुका राई, भक्तबहादुर राई, पदमबहादुर राई, भिमकुमार तामाङ, देबबहादुर तामाङ, सुजन लिम्बू, दिलकुमार लिम्बू, पार्वती धिमाल लिम्बू, दिलु राई, दलबहादुर राई, बिनिता राई, माया मगर, बादल मगर, मेघराज राई, रेनुका राइ, युकरानी लिम्बू, गुरुप्रसाद निरौला लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here