ओमिक्रोन फैलियो, अस्पताललाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२३ पुस, काठमाडौं । सरकारले ओमिक्रोन भेरियन्टलाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। 

frontline

शुक्रबार थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मीश्रले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् ।

यस्तै, सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रुपमा एस-जीन स्क्रिनिंग गरिरहेको परिप्रेक्षमा देश भरिबाट र्‍यान्डम स्याम्पिङ विधिबाट संकलित पीसीआर तथा एन्टीजेन पोजिटिभ नमूनाहरुको पछिल्लो पटकको नतिजा सार्वजनिक गरीएको हो।

पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमूनाहरु (२२ प्रतिशत) एस–जीन नेगेनिभ (एसजीटिएफ पत्ता लागेको छ ।

एस-जीन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here